Logo
Logo

नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक बिक्री शुरू


819
Shares

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बेच्न शुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत विद्यालयहरुमा पुग्छ ।

ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री शुरु भएको छ । आज संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा र दार्चुलामा बिक्री शुरु हुने केन्द्रले जनाएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पु¥याउने उद्देश्यले दुर्गम पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री शुरु गरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्रकुमार शर्माले बताए ।

त्यसैअनुसार पहिलो प्राथमिकतामा हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराई र अन्तिममा काठमाडौ उपत्यकामा पुस्तक वितरण गर्ने केन्द्रको तयारी छ । केन्द्रले आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्