Logo
Logo
उपनिर्वाचन

इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय


4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम– २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन । इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्