Logo
Logo

गोवामा भेटिइन् आरती हमाल


4.2k
Shares

काठमाडौं । भारतको गोवाबाट सम्पर्कविहीन भएकी धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमबारदेखि सम्पर्क बिहीन भएकी आरती हमाल भारतकै गोवामा भेटिएकी हुन् ।

उनी गोवामै भेटिएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनी ओशो साधक हुन् । ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्