Logo
Logo

प्रहरी प्रमुख भन्छन्- रवि लामिछानेका विषयमा कुनै तथ्य प्रमाण छैन


630
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्र परेको जवाफ दिएका छन् ।

बुधबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा आइजीपी कुँवरले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध ठाडो उजुरी परे पनि त्यसमा तथ्य प्रमाण केही नभएको बताएका हुन् ।

साथै उनले लामिछानेको समेत नाम जोडिएको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिलेसम्म ५ जना पक्राउ परेको जानकारी दिए । उनले भने, ‘सुर्यदर्शन ठगीमा ५ जना पक्राउ परेका छन् १५ जना फरार रहेका छन् ।’

उनले विनोद चौधरी कांग्रेसका सांसदसमेत भएकाले उनी अनुसन्धानमा तानिँदा संसद् सचिवालयलाई जानकारी दिइएको पनि बताए ।

उनले भने, ‘माननीय विनोद चौधरी अहिले सांसद हो। उहाँविरुद्ध जालसाजी किर्ते र ठगीको मुद्दा थियो। त्यहीअनुसार हामीले बयान लिएका थियौँ, उहाँको पासपोर्ट सिजको कुरा थिएन । बयानमा उपस्थित गराउने भएपछि प्रतिनिधि सभालाई जानकारी गराएकै हो ।’

उनले सरकारी वकिलकै कार्यालयमा बयान गराउँदा एक दिनमा मात्र हुने भएकाले पक्राउ पुर्जी जारी नभएको बताए । उनले भने, ‘पक्राउ गर्दा पनि जानकारी गराउने मात्रै हो, उहाँ सांसदसमेत भएकाले हामीले जानकारी गराएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्