Logo
Logo

भाग्न खोजेको आभास भएपछि महरालाई समातिएको हो: आइजिपी कुँवर


1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले पिएसओ र गाडी छाडेर हिँडेपछि आफूहरूलाई भाग्न खोजेको भन्ने आभाष भएर नियन्त्रणमा लिएको बताएका छन् ।

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले पिएसओ र गाडी छाडेर हिँडेपछि आफूहरूलाई भाग्न खोजेको भन्ने आभास भएर नियन्त्रणमा लिएको बताएका छन् । 

महरालाई पक्राउ गरी छाडिएको विषयमा सांसदहरूले उठाएको प्रश्नमा कुँवरले जबाफ दिँदै भाग्न खोजेको आभास भएपछि अनुसन्धानमा सहयोग नगर्ने हो कि भन्ने लागेर महरालाई पक्राउ गरी काठमाडौं ल्याइएको बताए ।

कुँवरले महरालाइ कानुनी दायरामा ल्याउनुपर्छ भन्ने बारेमा प्रधानमन्त्री, उपप्रधान एवं गृहमन्त्री लगायतसँग छलफल भएको बताए । महरा गत चैत ५ गते पक्राउ परेका थिए ।

उनले महराले सहयोग गर्ने अवस्था भएन भने आफूहरुलाई समस्या आउँछ भनेर त्यो अवस्थामा ल्याएको दाबी गरे । उनीमाथि पहिले पनि अनुसन्धान भइसकेको र सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले औंल्याएका विषयहरूमाथि अनुसन्धान गरिएको कुँवरको भनाइ छ ।

महरा बिरामी पनि भएको हुनाले उनलाई छाडिएको उनले बताए । आइजिपी कुँवरले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्