Logo
Logo

पर्वतको विहादीमा बृहत निःशुल्क स्वास्थ्य शिविर हुने



पर्वत । पर्वतको विहादी गाउँपालिकामा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । गाउँपालिकाको वडा नम्बर–३ रानी पानी स्थित नेपाल तारा माध्यमिक विद्यालयमा आउँदो चैत्र २७ गते निःशुल्क शिविरको आयोजना गरिएका गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार गरिव तथा विपन्न समुदायका लक्षित गरी शिविर आयोजना गरिएको हो । शिविरमा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने लक्ष्य छ । गाउँपालिकाले कुनै पनि ज्येष्ठ नागरिक र अशक्त उपचारबाट वञ्चित नहुन भनेर यातायातको व्यवस्था समेत गरेको छ । 

शिविरमा छिमेकी पालिका नागरिकले पनि सेवा लिन सक्ने छन् । शिविरमा विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको समूहद्वारा निःशुल्क जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, शल्यक्रिया, मानसिक, नशा, हाडजाेर्नी, छाला, यौन, नाक, कान, घाँटी, मुटु, आँखा, दन्त रोगहरूको परीक्षण तथा उपचार गरिने छ भने ई.सी.जी, भिडियो एक्स-रे, ल्याबको पनि व्यवस्था छ ।

विहादी गाउँपालिकाको आर्थिक र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौंको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने छ । शिविर मंगलबार विहान ८ बजेदेखि सुरू हुने छ ।

प्रतिक्रिया दिनुहोस्