Logo
Logo

इलाम-२ उपनिर्वाचन : रास्वपाबाट उम्मेदवार बन्न मिलन लिम्बूसहित ६ जनाले दिए निवेदन



काठमाडौं । इलाम-२ उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् ।

गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् ।

६ जना मध्येबाट पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन हुने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । प्रारम्भिक उम्मेदवारमाथि दाबी विरोध गर्नको लागि १५ चैत दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचारमा खटिइसकेका मिलनलाई रास्वपाले टिकट दिने तयारी गरेको छ । रास्वपाले यसको औपचारिक घोषणा भने आगामी १७ गते गर्नेछ ।

उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न रास्वपाका सभापति रवि लामिछाने इलाम–२ जाने छन् । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव र दृष्टि न्यूज डटकमका सम्पादक रहेका मिलन युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिएका छन् ।

उनले धर्मगुरु आत्मानन्द लिङ्देनको आशीर्वाद पनि लिइसकेका छन् । धर्मगुरुको लिङ्देनको पोल्टामा कम्तीमा ५ हजार भोट रहने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्