Logo
Logo

प्रहरीका ८ डीएसपीको एसपीमा बढुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को प्रहरी उपरीक्षक(एसपी) मा बढुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठकले लामो समयदेखि रिक्त एसपी पदमा ८ जना डीएसपीको बढुवा गरेको हो । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए ।

एसपी बढुवा हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अंगुर जि.सी., राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगंजमा कार्यरत डिएसपी यादव ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौंमा कार्यरत डिएसपी सन्तोष तामाङ छन् ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौंमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

नौ महिनादेखि रिक्त रहँदै आएको एसपी पदमा ठूलो रस्साकस्सीपछि हिजो राति बढुवा सिफारिस गरिएको हो । रिक्त पदमा समयमै बढुवा नगर्दा वृत्ति विकासलगायतमा असर परेको अधिकारीहरूले बताउँदै आएका थिए । साउन २० गते एक, भदौ १४ गते थप एक, मंसिर चार गते पाँच र माघ १६ गते थप एक गरी ८ जना एसपीको पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्