Logo
Logo

अरनिको पाँडेले दिए रास्वपाबाट राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा अरनिको पाँडेले राजीनामा दिएका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत आफुले राजीनामा दिएको जानकारी गराएका हुन् ।

साथै उनले आफ्नो राजीनामा स्वीकृत भइसकेको पनि बताएका छन् । जलवायु विज्ञसमेत रहेका उनलाई सरकारले यहि चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्