Logo
Logo

हँसियाले हानेर श्रीमतीको हत्या



काठमाडौं । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । मदिरा सेवन गरेका तीर्थले धारिलो हँसिया प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम प्रकाश खनालका अनुसार घाँस काट्ने क्रममा श्रीमान–श्रीमतीबीच विवाद भएको थियो । गालीगलोजपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएको थियो ।

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेको डीएसपी खनालले जानकारी दिए । आफ्नै घाँटीमा पनि हँसियाले रेटेको अबस्थामा तीर्थलाई नियन्त्रणमा लिइ उपचार गराएको डीएसपी खनालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्