Logo
Logo

शान्त वातावरणमा एसइई परीक्षा सञ्चालन : बोर्ड



चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको उनले जानकारी दिए । एसइईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न उनले सरोकारवाला सबैमा आग्रह गरेका छन् ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेको उनले बताए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी परीक्षामा सहभागी छन् ।

परीक्षाका लागि सबैभन्दा कम मनाङ, मुस्ताङमा एक–एक परीक्षा केन्द्र र काठमाडौँमा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र कायम गरिएको छ । जापानमा रहेको एभरेष्ट स्कुलमा कायम गरिएको एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिँदैछन् ।

परीक्षाका लागि प्रत्यक्ष रूपमा ७७ हजार चार सय ८५ जना जनशक्ति परिचालन भएका छन् । प्रतिकेन्द्र एक जनाका दरले केन्द्राध्यक्ष खटिएका छन् । त्यस्तै एक सय ५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार एक सय २८ सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार दुई सय २२ जना निरीक्षक खटाइएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्