Logo
Logo

एसपी बढुवामा प्रचण्ड र ओलीका पीएसओको वर्चस्व, छुटे एक नम्बरकै डिएसपी



काठमाडौं । नेपाल प्रहरीले ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरेको बढुवा सिफारिस विवादमा परेको छ ।

बुधबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको थियो । 

एसपी पदमा बढुवाका लागि ढकेन्द्र खतिवडा, अंगुर जिरी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तर, एक नम्बरकै डिएसपी नै बढुवा सिफारिसमा नपरेपछि विवाद सुरु भएको छ । एक नम्बरको डिएसपी बढुवा सिफारिस नभई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा परेपछि आलोचना हुन थालेको छ ।  बढुवा सिफारिस सूची प्राथमिकता क्रम मिचेर निकालिएको भन्दै आलोचना भएको हो । 

एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री थिए । तर, उनी बढुवा सिफारिसमा परेका छैनन् ।  ६ नम्बर वरीयतामा रहेका नारायण रंजितकार पनि बढुवाको सुचीमा परेनन् । 

मेरिट लिस्टमा अगाडि रहेका क्षेत्री र रंजितकारलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ । 

अहिले एसपीमा सिफारिस भएका आठ जना डिएसपी २०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा भएका थिए । उनीहरू २०६१ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। 

डिएसपीहरू सन्तोष तामाङ र राजन लिम्बू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ भइसकेका थिए । ओली २०७२ मा प्रधानमन्त्री हुँदा तामाङ उनका पिएसओ भएका थिए । यस्तै २०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू उनका पिएसओ थिए । साथै २०७८ मा विनोद घिमिरे प्रचण्डको पिएसओ भएका थिए । 

पहिलो नम्बरकै डीएसपी बढुवा सिफारिसमा नपरेपछि रवि लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा निस्किएको पहिलो बढुवा विवादमा परेको छ। गृह मन्त्रालयको पदभार सम्हालेपछि प्रहरी मुख्यालयको निरीक्षणमा जाँदा सरुवा बढुवामा नेताका घर धाउनु नपर्ने गरी सुधार गर्छु भनेर भाषण गरेका गृहमन्त्री लामिछानेको बोली र व्यवहारमा फरक देखिएको छ । 

मेरिट कायम राखेर बढुवा गर्ने वा शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्नेबारे मतभेद हुँदा लामो समयदेखि बढुवा रोकिएको थि

प्रतिक्रिया दिनुहोस्