Logo
Logo

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस



काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसी) दिपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त डीआईजी पदमा बढुवा गरेको हो ।

बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्