Logo
Logo

हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु कपनबाट पक्राउ



काठमाडौं । गुण्डागर्दीमा संलग्न प्रशान्त पराङदेवा लिम्बु पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ताप्लेजुङको फुङलिङ नगरपालिका घर भइ हाल काठमाडौं बस्ने वर्ष २८ को प्रशान्त लिम्बुलाई कपनबाट हतियार सहित पक्राउ गरेको हो ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने प्रहरीको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा शङ्कास्पद गतिविधिहरू गरेको सूचनाको आधारमा लिम्बु पक्राउ परेका हुन् ।

निजको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र मोबाइल २ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्