Logo
Logo

बागमतीका मुख्यमन्त्रीले १९ चैतमा विश्वासको मत लिने



मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । केन्द्रमा नयाँ सत्ता समीकरण भएसँगै गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्नो ६ मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमत परेका मुख्यमन्त्री जम्कट्टेलले १९ गते विश्वासको मत लिने भएका हुन् ।

माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले शुक्रबार प्रस्ताव दर्ता गरेका छन् । बिहीबार साँझ वर्तमान जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्ने चार दलबीच सहमति भएको थियो ।

माओवादी नेतृत्वको वर्तमान प्रदेश सरकारलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच ५ बुँदे सहमति भएको हो । उक्त सहमति भएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्