Logo
Logo

बुढीगण्डकी आयोजना प्रभावितलाई ४३ अर्ब मुआब्जा वितरण



काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब झन्डै ९५ प्रतिशत मुआब्जा वितरण गरिसकिएको बुढी गण्डकी जलविद्युत् आयोजना कार्यालयले जनाएको छ ।गोर

खा र धादिङको सीमा क्षेत्रमा रहेको बुढी गण्डकी जलविद्युत् आयोजनाका कारण धादिङका १३ र गोरखाका १४ गरी साबिक २७ गाविसका बासिन्दा प्रभावित हुनेछन् ।

आयोजनाले ३ हजार ५ सय ६० परिवार पूर्ण रूपमा विस्थापित हुनेछन् । बुढीगण्डकीको बाँधको उचाइ २६३ मिटर हुनेछ । गोरखाको गण्डकी गाउँपालिकादेखि आरुबाट गाउँपालिकासम्म डुबानमा पर्ने २ हजार ५ सय ६६ हेक्टर खेतीयोग्य जमिनमा ६३ वर्ग किलोमिटर फराकिलो जलाशय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्