Logo
Logo

एमाले झापा अधिवेशनमा किचलो : गिरी र ढुंगेलको दावी कायमै



झापा । नेकपा एमाले झापाको नेतृत्वमा आकांक्षीबीच सहमति जुट्न सकेको छैन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार सहमति जुटाउने प्रयास आज पनि जारी छ ।

११औं जिल्ला सम्मेलनको उद्घाटनमा अध्यक्ष केपी शर्मा ओलीले सहमति गरेर नेतृत्व छान्न निर्देशन दिएका थिए । झापा अध्यक्ष ओलीको गृहजिल्ला हो । तर, नेतृत्वका चयनका लागि आकांक्षीबीच सहमति जुट्ननसक्दा किचलो देखिएको छ । ओलीले सहमति नभए आफूले पदाधिकारीको नाम घोषणा गर्नेसमेत बताइसकेका छन् ।

अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष प्रेम गिरी र सचिव शिव ढुंगेलले दाबी गरेका छन् । अध्यक्ष ओलीले गिरीलाई ‘ग्रिन सिग्नल’ दिएका छन् । तर, ढुंगेलले पनि अडान छाडेका छैनन् ।

अध्यक्षमा गिरी र सचिवमा तुलसी कार्कीलाई अघि सार्ने भनिएको छ । त्यसमा अर्का, दाबेदार ढुंगेलले आफूसँग कुनै सहमति नभएको बताए । उनले भने, ‘म नेतृत्वमा जाने कुरा सबैलाई भन्दै आएकै छु । कहाँ, कसले र कसरी सहमति गरेको हो, त्यो मलाई थाहा भएन ।’ जिल्लामा आफूले नेतृत्व पाउनुपर्ने उनको अडान छ ।

प्रतिक्रिया दिनुहोस्