Logo
Logo

युवती हत्या अभियोगमा पाल्पामा एक युवा पक्राउ



पाल्पा । पाल्पामा युवती हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पधेंरोमा जिल्लाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीय पद्मा सुनारको हत्या अभियोगमा स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।

चैत १३ गते देवलालले नुहाउन गएका पद्मालाई धारिलो हतियारको प्रयोग गरी हत्या गरेको प्रहरीको भनाइ छ । देवलालले पद्मासंग भनाभन हुँदा आवेशमा आएर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीले लप्सीफेंदीस्थित देवलालको घर र गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइल लगायतका सामान बरामद गरेको छ । हत्या भएकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो ।

पद्माका बुवा दलबहादुर सुनारले उनीविरुद्ध दिएको किटानी जाहेरी शुक्रबार प्रहरीले दर्ता गरेको छ । पद्माको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्