Logo
Logo

सुदूरपश्चिम सरकारबाट बाहिरिन रञ्जिता श्रेष्ठको निर्देशन



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दलका नेतालाई निर्देशन दिएका छन् ।

श्रेष्ठले शुक्रवार प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन् । 

उनले १४ चैतमा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै पत्र मार्फत सरकारबाट बाहिर आउन निर्देशन दिएका छन् । श्रेष्ठले समर्थन फिर्ता नलिए कारबाही गर्ने समेत पत्रमा चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्