Logo
Logo

स्वीकृत पाठ्यपुस्तक प्रयोग गराैँः पाठ्यक्रम विकास केन्द्र



काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको छ । शुक्रबार सबै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना जारी गर्दै केन्द्रले स्वीकृतप्राप्त पाठ्य तथा सिकाइ सामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको हुनुपर्ने प्रावधान छ ।

साथै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका बमोजिम गठित पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिशका आधारमा विद्यालय तहका पाठ्यसामग्री सूचीकरण गर्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुरूप पाठ्यक्रम विकास केन्द्रले प्रत्येक वर्ष पाठ्यपुस्तक तथा सिकाइ सामग्री स्वीकृत गरी सूचीकरण गर्दै आएको छ । केन्द्रले यसरी सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्