Logo
Logo

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो



धादिङ । काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटार सडकखण्डबाट त्रिशूली नदीमा खसेको छ । आज बिहान बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारबाट एक किलोमिटर कुरिनटारतर्फको सडकबाट ट्याक्सी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार ट्याक्सीमा पाँचजना सवार थिए । ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण कुरिनटारको टोलीले घटनास्थलमा पुगेर ट्याक्सीमा सवार यात्रुहरूको खोजी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्