Logo
Logo

त्रिशूलीमा ट्याक्सी दुर्घटना : मृतक पाँच जनाको खुल्यो परिचय, एकजना अझै बेपता


2.5k
Shares

काठमाडौं । त्रिशुली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार ट्याक्सीमा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता रहेको उनले बताए ।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन् ।

सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन् । उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसपी भण्डारीले बताए । मृतक पाँच जनाको शव नदीबाट निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्