Logo
Logo

टीआरसी विधेयकमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको तत्कालीन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रचण्डले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको उनको दाबी छ ।

उनले प्रचण्डले एमालेलाई साथमा लिएर संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित गराउन खोजेको पनि बताए ।
उनले टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने बताए । टीआरसी विधेयकमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे ।

स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताउँदै नेता कोइरालाले अब कांग्रेस कुनै गठबन्धन गरेर चुनाव नलड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्