Logo
Logo

राजेन्द्र भवानी मन्दिरबाट हराएको मूर्ति फेला


नारायण विक

1.8k
Shares

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–५, स्वरेक मैदान स्थित राजेन्द्र भवानीको मन्दिरबाट हराएको दुर्गा भवानीको मूर्ति जङ्गलमा फेला परेको छ ।  पुजारी पूर्णप्रसाद पंगेनीका अनुसार मूर्ति मन्दिर देखि उत्तरतर्फ दुई सय मिटर टाढा रहेको जङ्गलमा फेला फेला परेको छ ।

शुक्रवार राति मूर्ति चोरीको प्रयास भएको हुन सक्ने पुजारी पङ्गेनीले बताएका छन् । उनले आफू नियमित पूजाको लागि शनिवार बिहान साढे सात बजे मन्दिर पुग्दा गेटको ताल्चा फोरिएको अवस्था रहेको बताए । 

‘मन्दिरमा दुर्गा भवानीको मूर्ति र सङ्ख नदेखेपछि गाउँलेहरूलाई खबर गरेँ’, पङ्गेनीले भने, ‘पछि गाउँले र प्रहरीको सक्रियतामा खोजतलास गर्दै जाँदा मूर्ति जङ्गलमा फेला पर्यो । 

राजेन्द्र भवानीको मन्दिरमा स्याङ्जा, पाल्पा, पर्वत, कास्की, तनहुँ लगायत क्षेत्रबाट भक्तजनहरू पूजापाठका लागि आउने गर्दछन् । हिन्दूहरुको आस्थाको केन्द्र मानिएको यस मन्दिरमा सुद्ध मनले वरदान मागे पुरा हुने जनविश्वास छ ।

हाल उक्त स्थानमा नयाँ मन्दिर निमार्णको काम चलिरहेको छ । दुर्गा भवानीको मूर्ति भने पुरानो मन्दिरमा थियो । निर्माण सम्पन्न पछि मुर्तिलाई नयाँ मन्दिरमा स्थान्तरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्