
काठमाडौं । सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको होे ।
विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो ।
तर, सो समयमा स्पष्टीकरण प्राप्त नभइपछि पुनः अन्तिम मौका दिइएको कार्यालयले जनाएको छ । ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिनेछ ।















