Logo
Logo

सेलिङको कविताकृति ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ लोकार्पण



काठमाडौं । गीतकार तथा लेखक लीला सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र भिमकुमार सेलिङको ‘आयोमा दर्पण’ कृतिको संयुक्तरुपमा बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटकाबिच विमोचन गरिएको हो ।

शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्वप्र.अ. भिमकुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् ।

त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुनः ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवी, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लकको संयुक्त रुपमा बिमोचन गरिएको हो ।

उक्त कृतिको प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ले विमोचन गरेका थिए । आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरु पनि बजारमा ल्याइसकेकी छन् ।

‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, सँगै सुब्बा सुभाङी र निशानबारे खोजमुलक लेखहरु लेखेकी छन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरुसमेत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्