Logo
Logo

प्रस्तावित महालेखापरीक्षकविरुद्ध उजुरी आह्वान


693
Shares

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।

संघीय संसदको संसदीय सुनुवाइ समितिले रायासँग सम्बन्धित कुनै गुनासो वा उजुरी भएमा समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको हो ।

सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले रायासँग सम्बन्धित कुनै गुनासो वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सूचना जारी गर्ने निर्णय भएको जानकारी दिए ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्