Logo
Logo

चीनबाट सकारात्मक परिणाम आउँछ : परराष्ट्रमन्त्री


1.5k
Shares

काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं आइपुगेका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो चीन भ्रमणबाट सकारात्मक परिणाम आउने बताएका हुन् ।

नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ थियो ।

प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘विदेशमन्त्रीहरुले, विश्वमा देख्नुभयो भने आफ्नो देशमा बसेर कम, बाहिर बसेर बढी काम गर्छन् । यो मेरो भ्रमण पनि अत्यन्तै उपलब्धिमुलक भएको छ ।’
उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए ।

भ्रमणका क्रममा उनले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान, नेपाली राजदूतावास लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्