Logo
Logo

सुन प्रतितोला एक लाख ३१ हजार ६ सय पुग्यो


756
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।

आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्