Logo
Logo

नेपालसँगको १४ वटा सीमा खोल्न चीन तयार


2.6k
Shares

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीनबीच भएका विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको जानकारी दिएका छन् ।

चीनको ७ दिने औपचारिक भ्रमण पूरा गरि सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री श्रेष्ठले त्रिभुवन विमास्थलमा पत्रकार सम्मेलन गर्दै रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु लगाएतका नाकाहरु सञ्चालनमा आइसकेको भन्दै अन्य १४ वटा नाका खोल्न चीन तयार भएको जानकारी दिएका हुन् ।

नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको उनले बताए ।

त्यस्तै उनले विआरआइलाई अन्तिम रुप दिइ कार्यान्वयन गर्ने बिषयमा छलफल भएको जानकारी दिए । नेपालको काठमाडौं र चीनको ल्हासाबीच सिधा बससेवा पुन सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्