Logo
Logo

प्रदीप पौडेलको प्रश्न- रुस नजाउ भन्ने बेलामा श्रम स्वीकृति किन दिइयो ?


504
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले रुसमा जान श्रम स्वीकृति दिने सरकारको निर्णयप्रति पनि प्रश्न उठाएका छन् । सांसद पौडेलले रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्नेसमेत सरकारलाई थाहा नभएको बताउँदै भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर, कति संख्यामा छन् ? भन्नेमा सरकार बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’

उनले यस्तो अवस्थामा सरकारले रुस नजाऊ भनेर आग्रह गर्नुपर्नेमा श्रम मन्त्रालयले श्रम स्वीकृति दिने निर्णय गरेको भन्दै भने, ‘मानव तस्करहरुलाई सहज हुने गरी यति नै बेला रुसका लागि श्रम स्वीकृति किन दिइयो ?’

पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुले उपलब्ध गराएको तथ्यांक भन्दै उनले रुसी सेनामा ७०० भन्दा बढी नेपाली रहेको सुनाए । त्यसमा ४० जनाको मृत्यु भएको र ३०० भन्दा बढी बेपत्ता उनले बताए । तर अहिलेका परराष्ट्रमन्त्रीले अघिल्लो परराष्ट्रमन्त्रीले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्नेबाहेक केही नगरेको उनको आरोप छ ।

सरकारले पीडामाथि पीडा थप्ने काम मात्र गरेको बताउँदै उनले रुसमा मृत्यु भएकाहरुको पहिचानका लागि रुसले आफन्तको डीएनए परीक्षण गर्न आग्रह गरेपछि सरकारले आफन्तलाई काठमाडौं बोलाउँदासमेत अपराधीलाई जस्तो व्यवहार दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्