
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले १५ दिनभित्र स्पष्ट जवाफ पेश निगमलाई भनेको हो । न्यारोबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वास हुने गरी स्पष्ट जवाफ पेस गर्न निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले बताए । न्यारोबडी विमानका विषयमा उपसमिति बनाएर छानबिन गर्ने समितिले तयारी गरेको छ ।
समितिलाई विश्वास दिलाउन नसके थप कारबाहीका निम्ति बाध्य हुने सभापति यादवले चेतावनी दिए । उनले निगमले विमान खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिएका छन् ।














