Logo
Logo

बागमतीमा एकीकृत समाजवादीले आलोपालोमा मुख्यमन्त्री पाउने


10.3k
Shares

बागमती प्रदेशमा नेकपा एस संसदीय दलको नेता कृष्णप्रसाद शर्मा खनाल

काठमाडौं । बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीले पनि आलोपालोमा मुख्यमन्त्री पाउने भएको छ । केन्द्रमा सत्तारुढ दलहरुबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएसँगै एकीकृत समाजवादीले वागमती प्रदेशमा मुख्यमन्त्री पाउने भएको हो ।

एकीकृत समाजवादी संसदीय दलको आइतबार बसेको बैठकले सरकारको नेतृत्वमा आलोपालो नभए विश्वासको मत नदिने अडान लिएको थियो । त्यसपछि मुख्यमन्त्री जम्मकट्टेल अफ्ठ्यारोमा परेका थिए ।

प्रदेश सरकार अठ्यारोमा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको थियो । त्यहाँ आलोपालोमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री लिने सहमति भएको हो ।

आलोपालो मुख्यमन्त्री पाउने सहमति भएपछि एकीकृत समाजवादीले वागमतीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । नेताहरुका अनुसार सुदूरपश्चिममा पनि एकीकृत समाजवादीले मुख्यमन्त्रीमा पालो पाउनेछ ।

यो सहमतिअनुसार एमाले, माओवादी र एकीकृत समाजवादीमध्ये पहिलो पालो एकीकृत समाजवादीले पाउनेछ । तर तीन दलको मात्र बहुमत नपुग्ने भएकाले नेताहरुले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समेत समर्थन खोजेका छन् । त्यसका लागि पहिलो पालोमा मुख्यमन्त्री दिने सत्ता गठबन्धनको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्