Logo
Logo

कुमारी बैङ्कले गर्‍यो ५४ सय सहभागीलाई वित्तीय साक्षरता 



काठमाडौं । ’प्रोटेक्ट योर मनी, सेक्यूर योर फ्यूचर’ भन्ने नाराका साथ ‘ग्लोबल मनी विक २०२४ मा १२ औँ संस्करणमा कुमारी बैंक लिमिटेड (केबिएल)ले अत्यन्तै प्रभावकारी तरिकाले सहभागिता जनाएको छ । 

वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसङ्गतिका सिकार हुनु पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोबृद्धि प्रवर्द्धन मार्फत कुशल वित्तीय व्यवहार विकासलाई प्रमुख लक्ष्यका रुपमा लिँदै निम्न लिखित क्रियाकलापहरू सञ्चालनमा ल्याइएको थियो ।

देशका विभिन्न स्थानमा वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रवर्द्धनका लागि कर्मचारीहरूको प्रतिबद्धता कार्यक्रम, देशै भरि वित्तीय साक्षरताका आधारस्तम्भहरुको प्रशिक्षण, वित्तीय साक्षरता तथा आचरण विकासका लागि सहभागीहरूलाई शपथ ग्रहण लगायतका कार्यक्रम सञ्चालन भएको थियो ।

यसैगरी बैंकको सामाजिक संजाल मार्फत वित्तीय साक्षरता सम्बन्धि क्विज तथा जनचेतना विकासका सामाग्री प्रसारण, देशै भरि वर्षै वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय स्तरमा स्थापित कलाकारहरूको अभिनय सहितको भिडियो शृङ्खला तथा सामाजिक विषय बस्तुलाई झल्काउने प्रसङ्ग समेटिएको पुस्तक सार्वजनिक समेत भएको थियो ।

सबैका लागि सधैँका लागि आधुनिक बैङ्किङ सेवा प्रवाहमा अनवरत आफूलाई अग्रपक्तीमा उभ्याउन सफल कुमारी बैङ्कले ग्लोबल मनी विकको सप्ताहभरमा देशैभर रहेका आफ्ना शाखा कार्यलयहरुबाट १२३ ओटा वित्तीय साक्षरता प्रवद्र्धनका लागि प्रशिक्षण कार्यक्रमहरू आयोजना गरेको थियो  । 

कार्यक्रम भएका मध्ये ५४ सय भन्दा बढी विद्यार्थी, विभिन्न संघ संस्था तथा समुदायमा आबद्ध सर्वसाधारणहरूले सहभागिता थियो । कुमारी बैङ्कद्वारा अभियान अवधि भरमा कार्यान्वयनमा ल्याइएका समाग्रीहरु तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरुले ग्लोबल मनी विकको १२औं संस्करणलाई जिबन्तता प्रदान गर्न सफल भएको देखिन्छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ  । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्