Logo
Logo

समाजवादी मोर्चाको बृहत अन्तरक्रिया आज


819
Shares

काठमाडौं । चार दलीय समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया गर्दैछ । मोर्चाले दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटीमण्डपमा अन्तरक्रिया गर्ने भएको हो ।

‘नेपाली विशेषताको समाजवाद निर्माणबारे अन्तरक्रिया कार्यक्रम राखिएको मोर्चाका संयोजक एवम् नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले बताएको छ । कार्यक्रममा एमालेसहित मोर्चाका नेता तथा कार्यकर्ता र समाजवादी विचारमा आबद्ध सबै दलहरूलाई बोलाइएको छ ।

यसअघि चैत ३ गते गर्ने भनिएको अन्तरक्रिया सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा रहेका छन् । कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चार वटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्