Logo
Logo

समाजवाद ल्याउन सडक संघर्ष गरौँः झलनाथ खनाल


315
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट जनताको समाजवाद नआउने बताएका छन् । समाजवादी मोर्चाले मंगलबार काठमाडौँमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले समाजवाद ल्याउन सरकार, संसद् र सडकबाट संघर्ष गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समय वामपन्थी शक्तिहरू एक ठाउँमा आउने वातावर बनेकोमा उनले खुसी व्यक्त गरे । ‘पछिल्लो समय वामपन्थी शक्तिहरू निकट आउने वातावरण बनेको छ, त्यसमा खुसी लागेको छ ।

अब नीति, कार्यक्रम, संगठन, अभियान र वर्गसंघर्षमा निकटता बढाउ’, खनालले भने, ‘बालुवाटारबाट समाजवाद आउँदैन । सत्ता, संसद् र सडक संघर्ष गरौँ । वामपन्थीले प्रगतिशील नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।’

वामपन्थी शक्तिहरूले राम्रो काम गर्न सके घृणा होइन जनताले फूलमाला लगाएर सम्मान गर्ने उनको भनाइ छ । यस्तै उनले वामपन्थी आन्दोलनकै कारण देश यहाँसम्म आएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्