Logo
Logo

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा


504
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९।८० को लाभांश दिने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले कूल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठक आज (मंगलबार) बसेको थियो। बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ ।

कम्पनीले वैशाख १२ गते रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्