Logo
Logo

नेपाल ‘ए’ले आज आयरल्यान्डसँग खेल्दै



काठमाडौं । नेपाल ‘ए’ले पहिलो एकदिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल अहिले बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

नेपाल र आयरल्यान्ड ‘ए’बीच तीन एकदिवसीय खेलको सिरिज हुनेछ । यसअघि सिनियर टोलीसँग दुई टी–२० खेलमा आयरल्यान्ड दुवै खेलमा हारेको थियो । नेपाल ‘ए’सँग तीन टी–२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ले २–१ ले जितेको थियो ।

नेपाल ‘ए’ ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी–२० खेलमा नेपाल ‘ए’लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।

यस्तै, आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । सिनियर टोलीले आज भारतमा गुजरातसँग खेल्दैछ । नेपाल र गुजरातबीचको खेल आज दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्