Logo
Logo

उम्मेदवार टुंग्याउन कांग्रेसको बैठक बस्दै


1.2k
Shares

काठमाडौं । नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ । बैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन दिउँसो २ बजे पुनः बैठक बस्न लागेको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

हिजो साँझ बसेको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबिच उम्मेदवार चयनमा विवाद भएपछि कुनै निर्णय हुन सकेको थिएन । देउवाले बैठकमा इलाम–२ मा डम्बर खड्का र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा अभिषेक सिंहलाई उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि उम्मेदवारको टुङ्गो लाग्न सकेको थिएन ।

नेता कोइराला र थापाले इलाम–२ मा भेषराज आचार्य र बझाङमा जगत जोशी उम्मेदवार हुनुपर्ने मत राखेका थिए । महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङदम्बेले गरेको इलाम–२ को अध्ययन रिपोर्टमा खड्कालाई उम्मेदवार बनाउन उपयुक्त हुने आशय थियो । नेता कोइराला र महामन्त्री थापाले आचार्यको नाममा अडान लिएपछि बैठक निष्कर्ष टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्