Logo
Logo

आज राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन मिति तोकिँदै


504
Shares

काठमाडौं । आज राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन मिति तोकिने भएको छ । त्यसका लागि राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

नयाँ सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अध्यक्ष माओवादी केन्द्रले लिएपछि उपाध्यक्ष अन्य दलबाट बनाइन लागेको हो । पहिले उपाध्यक्ष पद एमालेलाई दिने सहमति भएको थियो । तर, एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि यो विषय सहमतिबाट हटाइएको थियो । एकीकृत समाजवादीले उपाध्यक्ष पद आफूले पाउनुपर्ने माग राखेको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्