चितवन । व्यापारी रामहरी श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई आज अदालतमा उपस्थित गराइँदैछ । मंगलबार काठमाडौंमा पक्राउ गरी चितवन ल्याइएका उनलाई आजै जिल्ला अदालतमा पेश गरिने चितवनका एसपी भावेश रिमालले बताए ।
१५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो । आज अदालतमा बुझाइएपछि मुद्दाको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ । खामविरुद्ध काठमाडौंमा पनि हातहतियार तथा खरखजाना र यार्सागुम्बा लुटपाटसम्बन्धी मुद्दा छ ।















