Logo
Logo

९ जना उपसचिवको सरुवा (सूचीसहित)


11.8k
Shares

काठमाडौं । नौ जना उपसचिवहरूको सरुवा भएको छ । गृह मन्त्रालयले बुधवारको निर्णयअनुसार उनीहरूलाई सरुवासँगै विभिन्न कार्यालयमा पदस्थापन गरेको छ ।

उपसचिव विजयाकुमारी प्रसाईंलाई सरुवा गरेर इलाका प्रशासन कार्यालय साँखु पठाइएको छ । उता इलाका प्रशासन कार्यालय साँखुकी सीता परियारलाई अध्यागमन विभाग त्रिभुवन विमानस्थल कार्यालयमा सरुवा गरिएको छ ।

सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्मालाई अध्यागन कार्यालय तातोपानी सिन्धुपाल्चोक सरुवा गरेर काजमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्