Logo
Logo

कांग्रेसले आज उम्मेदवारको नाम टुंगो लगाउँदै


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । आज बस्ने बैठकले उम्मेदवारकाे नाम टुंगो लगाउने बताइएको छ ।

इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा पार्टीभित्र रस्साकस्सी देखिएको छ । इलाम–२ का लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यले दावी गर्दै आएका छन् ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् । आजको बैठकमा इलाम–२ र बझाङ उम्मेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्