Logo
Logo

आज समानुपातिक सांसद टुंगो लगाउँदै जसपा


6.6k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।

आज बिहान केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा समानुपातिक सांसद चयन गरिने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि जसपाले सांसद चयन गर्न लागेको हो ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि यही चैत ४ गते काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएपछि रिक्त स्थानमा जसपाले नयाँ सांसद छनोट गर्न लागेको हो ।

जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको मुस्लिम महिला क्लस्टरको तेस्रो नम्बरमा बाँकेकी हसिना खान रहेकी छन् । २७ वर्षीय हसिना यस क्लस्टरको अन्तिम नाम भएकाले उनकै नाम सिफारिस हुने छ ।

प्रतिक्रिया दिनुहोस्