Logo
Logo

रेशम चौधरीले बोलाए आकस्किम बैठक



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आकस्मिक बैठक बोलाएका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई पार्टी केन्द्रीय कार्यालय अनामनगरमा बैठक बोलाएका हुन् । बैठक अहिले बस्दैछ ।

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिश्वासको मत लिँदैछन् । शाह सरकारलाई बिश्वासको मत दिने विषयमा नाउपा बिभाजन छ ।

रेशम चौधरी काङ्ग्रेस नेतृत्वकै सरकार जोगाउने पक्षमा छन् भने रन्जिता श्रेष्ठ एमाले माओवादीसहितको गठबन्धनको सरकार बनाउनुपर्ने जोडमा छिन् । उनले पार्टी अध्यक्षकै हैसियतले बैठक बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्