Logo
Logo

जसपाबाट हसिना खान प्रतिनिधिसभा सदस्य बन्दै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने भएकी छन् ।
जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बिहीबार (आज) बस्ने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्