Logo
Logo

वाइडबडी खरिदमा भ्रष्टाचार, मुद्दा चलाउने अख्तियारको तयारी


504
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा संलग्नहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ ।

पाँच वर्षअघि दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरुमाथि मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

आयोगले आज वा भोलि नै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका अरु कतिपय व्यक्तिहरुको नाम, विगो रकम र अरु विवरण भने गोप्य राखिएकाे छ ।

वाईडबडी विमान खरिदको प्रक्रिया अघि बढ्नासाथ अख्तियारमा उजुरी परेको थियो । त्यसपछि सार्वजनिक लेखा समितिले राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरी छानविन गरेको थियो । उक्त उपसमितिले जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी आर्थिक हिनामिना भएको प्रविेदन पेश गरेको थियो ।

लामो समय सुस्तता देखाएको अख्तियारले गत २१ मंसिर, २०८० मा सूचना निकालेर तीन विदेशी कम्पनीका प्रतिनिधिलाई दुई साताभित्र ‘बयानका लागि आउनू’ भनी सूचना निकालेको थियो ।

केही महिनादेखि अनुसन्धानलाई अघि बढाएको अख्तियारले अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने निर्णय गरेको हो । वाइडबडी निर्णय प्रक्रियामा जोडिएका तत्कालीन पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारीहरुलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप सहित प्रतिवादी बनाएको अख्तियार स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्