Logo
Logo

माओवादीले इलाममा एमालेका उम्मेदवारलाई सघाउने


3.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने भएको छ ।

माओवादीले १५ बैशाखमा हुने इलाम २ उपनिर्वाचममा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस भएका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको हो ।

उम्मेदवारी नदिने निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको र त्यहिअनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्ने शर्माले बताए । सुहाङ संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासका छोरा हुन् ।

यता सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु र एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले भने उम्मेदवार टग्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्