Logo
Logo

माओवादीका जोखबहादुर आजै लुम्बिनीकाे मुख्यमन्त्री बन्दै



काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशका मुख्यमन्त्री बन्ने भएका छन् ।
नेपाली कांग्रेसका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नेता महरा मुख्यमन्त्री बन्ने भएका हुन् ।

सत्तारुढ दलहरुले जोखबहादुरको नेतृत्वमा नयाँ सरकार गठनका लागि एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका छन् ।

अब प्रदेश प्रमुखले महरालाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक गुनाराम घिमिरेले नयाँ मुख्यमन्त्रीका लागि दाबी आइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्