
काठमाडौं । लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई कामचलाउन मुख्यमन्त्री तोकिएको छ । मुख्यमन्त्री चौधरीले बिहीबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले आज अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालनको जिम्मा दिएका हुन् ।
प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोक्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भूमीश्वर ढकालले जानकारी दिएका छन् ।















